सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो « Khabarhub

सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन्  ।

पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको  छ ।

सफाइ दिने पाटन उच्च अदालतको फैसला लगत्तै क्यानका सचिव पारस खड्काले निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताएका थिए ।

निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने ढोका खुलेको छ । क्यानले अदालतको फैसलाअनुसार निर्णय लिएको हो ।

बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ ।आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी-२० विश्वकप हुँदैछ ।

यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो।

आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।उच्च अदालतबाट सफाइ पाए र क्याबाट निलम्बन फुकुवापछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने भएका छन् ।

विश्वकपका लागि यसअघि नै  नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो । उनलाई त्यसबेला आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई  ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

२०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : १० बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश