यु–१८ साफ च्याम्पियनसिपकाे प्रारम्भिक चरणमा ३० खेलाडी छनाेट « Khabarhub

यु–१८ साफ च्याम्पियनसिपकाे प्रारम्भिक चरणमा ३० खेलाडी छनाेट


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।

मंगलबार मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यसअघि देखि अभ्यासमा रहेको ४६ जना खेलाडीबाट १६ जना खेलाडीलाई घर फर्काउँदै ३० जना खेलाडी छनोट गरेका हुन् ।

शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा हुने खेलमा नेपाली युवा टोलीले जीत हात पार्ने लक्ष्यसहित अभ्यास गरिरहेको प्रशिक्षक श्रेष्ठले बताएका छन् ।

साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । उनले भने, ‘तयारी राम्रो भएको छ । अहिले हामीले फिजिकलमा ध्यान दिएर अभ्यास गर्‍यौं । बाँकी दुई हप्तामा मिड्फिल्डलाई जोड दिएर अभ्यास गर्छौं। बाँकी समयमा चाँही टीम सेटमा ध्यान दिनेछौं ।’

नेपाली युवा टोली :

गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा

फरवार्ड : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा