मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ : मन्त्री अर्याल « Khabarhub

मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ : मन्त्री अर्याल


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुँदै गएको बताइन् । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने उनको भनाइ थियो ।

‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब सिस्टमबाटै ती समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधि–विधानमा केही समस्या छ भने त्यसलाई सच्याउँ ।’

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजोभन्दा कडा खालका विधि र नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन् । उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।’

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन् । ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले सहकारी नियमावलीमार्फत केही कोशिस गरेका छौँ ।’ मन्त्री अर्यालले सचेत हुनुपर्ने अवस्था आएको बताइन् ।

एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उनको भनाइ थियो ।

नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउँदै त्यसमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताइन् ।
मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम गरिरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने जानकारी दिइन् ।

त्यस अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाख सहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : २३ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ