जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित « Khabarhub

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।

युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता भएका छन् । रूसी सीमाबाट मात्र ५ किलोमिटर र खार्किव शहरबाट ५० किलोमिटर टाढा रहेको शहरमा रुसले आक्रमण बढाएको छ ।

युक्रेनी–रूसी सेनाले भोभचान्स्कको सडकमा लडाइँ गरेका थिए । शहरको गस्ती प्रहरी प्रमुख ओलेक्सी खार्किभ्स्कीले रुसी सेनाले सहरमा अवरोध गरिरहेको बताएइएको छ ।

रुसले शुक्रबार युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि जवाफी आक्रमणको कुरा गरेका छन् ।

युक्रेनको उत्तरी सिमानामा रुसले आक्रमण गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ ।

युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए। युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ११ : ०४ बजे

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको