भ्रमण वर्ष २०२० लाई केन्द्रीत गर्दै काठमाडौं महानगर जुट्यो पुनर्निर्माणमा « Khabarhub

भ्रमण वर्ष २०२० लाई केन्द्रीत गर्दै काठमाडौं महानगर जुट्यो पुनर्निर्माणमा


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तिव्रता दिएको बताएका छन् ।

राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षेभ्य तथागतको मन्दिर पुर्ननिर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मंगलबार सम्बोधन गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘यतिबेला काठमाडौँ महानगरपालिकाको ध्यान नेपाल भ्रमण वर्ष २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भने, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवर्द्धन गर्ने जस्ता कार्यमा लागेका छौँ, यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो’ ।

शाक्यले भ्रमण वर्षमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नु पर्ने भन्दै सबै जनप्रतिनिधिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

‘न्युरोड काठमाडौँको पनि केन्द्रभागमा अवस्थित छ,’ उनले भने, ‘विश्व सम्पदा सूचीमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौँ, त्यहि अनुसार नै काम गरिरहेका छौँ ।’

मेयर शाक्यले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने बताए ।

काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेश काजी श्रेष्ठलगायतको उपस्थिति रहेको ऊक्त कार्यत्रममा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्बोधन गरेका थिए ।

मन्दिर काठमाडौँ महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो । मन्दिरको डिजाइन काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ५२ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति