एभिसी सेन्ट्रल जोनको तयारी पूरा, खेल तालिका अझै आउन सकेन « Khabarhub

एभिसी सेन्ट्रल जोनको तयारी पूरा, खेल तालिका अझै आउन सकेन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसियन भलिबल च्याम्पियनसिप (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

मंगलबार नेपाल भलिबल संघले राजधानीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित त्रिभुवन आर्मीको कर्भडहलमा हुनेछ । सेन्ट्रल जोनमा नेपालसहित ७ देशका राष्ट्रिय भलिबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियन भलिबल संघको संयोजन र नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान छन् । प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा बाँडेर खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले मेडल प्राप्त गर्ने भलिबल संघले जानकारी दिएको छ ।

यता, प्रतियोगिताका लागि ६ दिनमात्रै बाँकी रहेपनि आयोजक भलिबल संघले खेल तालिका बनाउन सकेको छैन । केही दिनभित्रै तालिका सार्वजनिक गर्ने तयारी भलिबल संघले गरेको छ । खेल तालिकाबाहेक प्राविधिक कामहरु सबै टुङ्गी सकेको संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताएका छन् ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको एभिसीका दौरान खेलाडी तथा प्राविधिक टोलीको सुरक्षालगायत बन्दोबस्त भइसकेको चन्दले बताए ।

आर्मीको कभर्डहलमा हुन लागेको प्रतियोगितामा खेल हेर्नका लागि दर्शकलाई भने टिकट नलाग्ने महासचिव चन्दले जानकारी दिए ।

मंगलबार संघ र श्रेष्ठ टेलरिङबीच ४ लाख १० हजार बराबरको सम्झौता समेत भएको छ । संघले श्रेष्ठ टेलरिङसँग संघका पदाधिकारीका लागि ४१ सेट ‘ब्लेजर’ बनाइदिने शर्तसहित सम्झौता गरेको हो ।

संघले प्रतियोगिताका लागि पदाधिकारीलाई वितरण गर्ने योजनासहित श्रेष्ठ टेलरिङसँग सम्झौता गरेपनि खेलाडीले भने पाउने छैनन् । भलिबल संघका महासचिवले खेलाडीलाई भने अर्को प्रतियोगितामा ब्लेजर उपलब्ध गराउने बताएका छन् ।

एभिसीका लागि मंगलबार बिहान अफगानिस्तानको भलिबल टोली नेपाल आइसकेको छ भने अन्य टोली आउनेक्रम जारी रहेको भलिबल संघले जनाएको छ । बुधबार र बिहीबार नेपाल र अफगानिस्तानी टोलीले मैत्रिपूर्ण खेल खेल्नेछन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : ०२ बजे

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत