नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति « Khabarhub

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गरेका हुन् ।

दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्बन्ध विस्तार लगायतका विभिन्न ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित वस्तुहरूको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

नेपालको कृषि, पर्यटन क्षेत्रमा लगानीका लागि समेत सहमति भएको कार्यकारी सदस्य जालानले बताए । 

यस्तै नेपाल र अर्मेनियाका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमणका लागि पनि सहजिकरण गर्ने सहमति भएको छ । वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अनुसन्धान आदानप्रदान गर्ने पनि दुवै देशका चेम्बरबीच सहमति भएको छ । 

नेपाल र अर्मेनियाबीच आर्थिक र व्यापारिक क्षेत्रमा भएको सहमति तत्कालै कार्यन्वयनमा आएको चेम्बरले उल्लेख गरेको छ । नेपाल र अर्मेनियाबीच सन १९९३ मार्चमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ५६ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर