कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन | Khabarhub Khabarhub

कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको व्यवहारले संसदीय छानबिन समिति नबन्ने अडान सार्वजनिक गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद मनीष झाले अब समिति बन्न नसक्ने स्थिति आएको बताए ।

‘अब समिति बन्दैन, अघि हामीले दुई सर्त मान्दिनू, हामी समिति बनाउन तयार छौँ भनेका थियौँ । अब समिति बन्दै बन्दैन । समिति त्यो बेला मात्रै बन्छ, जब नेपाली कांग्रेस आफ्ना सभापति र पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ’, झाले भने ।

झाले आफ्ना सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगी प्रकरण पुष्टि भएमा आफूहरू सबैले राजनीति छाड्न तयार रहेको पनि बताए ।
लामिछानेमाथि छानबिन गर्न अब पहिलो शर्त कांग्रेस सभापति शेरबहादुर देउवा परिवारको सम्पत्ति खोजबिन हुनुपर्ने उनको माग छ ।

‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्न सक्छु मेरो सभापतिको सबै छानबिन गर । तयार छु, हामी सबै राजनीति छोड्न तयार छौँ । उहाँको केही खोट निस्किए एक्लैले राजनीति छोड्छु भन्नु भएको छ, अब हामी सबै राजनीति छोड्छौ’, उनले भने, ‘के कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छन् ? मेरो सभापतिको सबै छानबिन गर । कांग्रेस सभापति शेरबहादुर, उनका छोरा र श्रीमती (आरजु) को पनि गर । त्यो हिम्मत राख्नसक्छन् ? सक्छन् भने हामी च्यालेन्ज गर्छौं । अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, कांग्रेस पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईंको सभापतिको पनि फाइल खोल्नुस् ।’

कांग्रेसका सांसदहरूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए ।

कांग्रेसले संसद्‍मा अभद्रता प्रदर्शन गरेको उनले बताए। ‘हात हालाहाल गर्ने ? त्यो पनि आफ्नो बुवाको उमेरको मान्छेलाई ? त्यो त मिल्दैन । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२/०६३ को सहयात्री पनि त हुन् । सबैभन्दा ठूलो दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन,’ झाले भने ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ०५ बजे

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन