आफ्ना बालबालिकालाई लिटो खुवाउन यसरी घरमै बनाउनुहोस् सर्वोत्तम पिठो « Khabarhub

आफ्ना बालबालिकालाई लिटो खुवाउन यसरी घरमै बनाउनुहोस् सर्वोत्तम पिठो


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

शिशु जन्मिएपछि ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । ६ महिना पछि आमाको दुधबाहेक अन्य पौष्टिक तत्व भएका पोषिला ठोस आहार पनि खुवाउनु पर्छ । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोसिलो खाद्यपदार्थ लिटो वा जाउलो हो ।

बालबालिकालाई खुवाउने लिटो बनाउनका लागि सर्वोत्तम पिठो आवश्यक पर्छ । प्राय आमाहरुले आफ्ना बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो किनेर लिटो बनाउने गर्छन् । तर, बालबालिकाका लागि बजारमा पाइने सर्वोत्तम पिठो गुणस्तर नहुन पनि सक्छ । त्यसैले बालबालिकाका लागि घरमै सर्वोत्तम पिठो बनाउन सकिन्छ ।

यसरी घरमै बनाउनुस् सर्वोत्तम पिठो

– सर्वोत्तम पिठो बनाउन सबैभन्दा पहिला चामल, गहुँ, मकै, जौं आदि तयार गर्ने,

– सर्वोत्तम पिठो बनाउन तयार पारीएको अन्न तथा गेडागुडीलाई राम्रोसँग केलाउने,

– अन्न तथा गेडागुडीमा भएका किरा, ढुङ्गा, माटो हटाउने,

– अन्न तथा गेडागुडी केलाएपछि हाँडीमा राखेर छुट्टाछुट्टै भुट्ने,

– भुटेको गेडागुडी तथा अन्नलाई फेरि राम्रोसँग केलाउने,

– भुटेको गेडागुडीलाई राम्रोसँग पिँध्ने र बोक्रा फाल्ने, पुनः मसिनो बनाएर पिँध्ने,

– भुटेको अन्नलाई छुट्टै मसिनो गरेर पिँध्ने, आवश्यक भए मसिनो जालीमा राखेर छान्ने,

– छुट्टाछुट्टै भुटेर, पिँधेको पिठोलाई दुई भाग अन्नको पिठो र एक भाग गेडागुडीको पिठोलाई तौलेर सफा र सुख्खा भाँडोमा राम्रोसँग मिश्रण गर्ने,

– यसरी मिसाइउको सर्वोत्तम पिठो सफा एवम् सुख्खा बट्ठा, शिशी वा पोलिथिनमा हावा नछिर्ने गरी प्याक गर्ने,

– सर्वोत्तम पिठोलाई सफा उम्लेको तातोपानीमा राखी स्वाद अनुसार चिनी र घिउ राखेर एक छिन चलाएर नरम हुनेगरी फिटेर बाबालिकालाई खुवाउने ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : १८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा