अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित « Khabarhub

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य इन्सार अवार्डबाट सम्मानित भएकी छिन् ।

उनी अन्तर्राष्ट्रिय अटिजम अध्ययन सोसाइटी (इन्सार) को अनुसन्धान तथा बहस अवार्डबाट सम्मानित भएकी हुन् । अटिजम प्रभावित समुदायका सदस्य तथा अटिजमको क्षेत्रमा काम गरेर अटिजमको बारेमा सचेतना, अध्ययन र अनुसन्धान बापत उक्त अवार्ड प्रदान गर्ने गरिन्छ ।

डा. मलेकु अमात्यले अटिजमको बारेमा गरेको अध्ययन अनुसन्धानले नेपालको अटिजमको क्षेत्रमा पुगेको योगदानको कदर गर्दै उक्त अवार्ड दिइएको हो । सन् २०११ देखि यो सम्मान प्रदान गर्न सुरु गरिएको हो ।

यो अवार्ड २०११ मा पोर्टिआ इवर्सन, एरिक लन्डन, कारेन लण्डन र जो शेस्टाकले २०१२ मा टेम्पल ग्रान्डिन, २०१३ मा डेम स्टेफिन शिर्ले, २०१४ मा पिटर बेल, २०१५ मा मेरि बरुवा, २०१६मा थोमस इन्सेल, २०१७ मा अलिसन सिंगर, २०१९ मा डेबोराह हिलिब्राण्ड, २०२१ मा जोह्न ए रोबिन्सन, २०२२ मा जेम्स एच साइमन्स र मर्लिन हावरिस साइमन्स, २०२३मा हाराल्ड निरल्यान्ड र २०२४ मा पिटर मुन्डील लाइफटाइभ अचिभमेन्ट र डा. सुनिताले अध्ययन र बहश अवार्ड प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : ०३ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ