कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन शाह « Khabarhub

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बालेन शाह


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृङ्खलाको रेड कार्पेट सहभागी भएका छन् ।

बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म   फेस्टिभलमा सहभागी भएका हुन् ।

बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन् ।

यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने छन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।

फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ४० बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर हुँदै (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा