प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग छलफल फेरि छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीले बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्रीको व्यस्ततका कारण आज बिहानका लागि बैठक सारिएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।

बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।

प्रधानमन्त्रीले समिति गठनमा गृहमन्त्री लामिछानेको नाम किटेर उल्लेख नगर्ने तर उनीसँग जोडिएका सहकारीको नाम राख्न सकिने गरी कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास गरेका छन् ।

प्रधानमन्त्रीले हिजो संसद भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेत लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरुसँग छलफल गरेका थिए ।

 

 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : २७ बजे

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र