प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’ « Khabarhub

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन् । 

शनिबार शनिबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्धका चिठी र कालिकोट नामक पुस्तक विमोचन क्रममा अध्यक्ष नेपाल र प्रधानमन्त्रीबीच भेट भएको थियो । 

पुस्तक विमोचनपछि नेपालले बोल्ने पालो आएको थियो । 

त्यसपछि उनले भने, ‘प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँ जति व्यस्त कोही हुनुहुन्न होला, हामी त तमासा मात्रै हेरेर बसेका छौँ । हामी यो सबै घटनालाई नियालिरहेका छौँ, नेपालको राजनीतिकले कुन कोर्स लिएर जाने हो।’

उनले देशमा स्थायित्व कायम हुनुपर्ने बताउँदै कम्युनिस्टहरूबिचको एकता र समझदारी नयाँ उचाइ हुनुपर्ने बताए ।

खनालले नेपाली समाज सामन्ती निरंकुशताको अवस्थाबाट पुँजीवादी लोकतन्त्रको अवस्थामा रूपान्तरित भइसकेको पनि बताए । 

हिजो जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका अंशहरू लागू नभइसकेकाले ती कार्यक्रमहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्ने दाबी गरे ।  

उनले भने, ‘हामीले हिजोको अवस्थामा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज थिए । तिनीहरूले नेपाली समाजलाई अग्रगामी परिवर्तन र रूपान्तरण गर्न ऐतिहासिक भूमिका निर्वाह गरिसकेका छन् । नेपाली समाज सामन्ती निरंकुशताको अवस्थाबाट पुँजीवादी लोकतन्त्रको अवस्थामा रूपान्तरित भइसकेको छ । हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागू भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्छन् र बनाउनुपर्छ । तर कार्य क्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ । अब हिजोका कुनै पनि कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्र गति तिर लान सकिँदैन । हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।’ 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ५२ बजे

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने