प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’ « Khabarhub

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन् । 

शनिबार शनिबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्धका चिठी र कालिकोट नामक पुस्तक विमोचन क्रममा अध्यक्ष नेपाल र प्रधानमन्त्रीबीच भेट भएको थियो । 

पुस्तक विमोचनपछि नेपालले बोल्ने पालो आएको थियो । 

त्यसपछि उनले भने, ‘प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ, राष्ट्रिय राजनीतिमा उहाँ जति व्यस्त कोही हुनुहुन्न होला, हामी त तमासा मात्रै हेरेर बसेका छौँ । हामी यो सबै घटनालाई नियालिरहेका छौँ, नेपालको राजनीतिकले कुन कोर्स लिएर जाने हो।’

उनले देशमा स्थायित्व कायम हुनुपर्ने बताउँदै कम्युनिस्टहरूबिचको एकता र समझदारी नयाँ उचाइ हुनुपर्ने बताए ।

खनालले नेपाली समाज सामन्ती निरंकुशताको अवस्थाबाट पुँजीवादी लोकतन्त्रको अवस्थामा रूपान्तरित भइसकेको पनि बताए । 

हिजो जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका अंशहरू लागू नभइसकेकाले ती कार्यक्रमहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्ने दाबी गरे ।  

उनले भने, ‘हामीले हिजोको अवस्थामा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज थिए । तिनीहरूले नेपाली समाजलाई अग्रगामी परिवर्तन र रूपान्तरण गर्न ऐतिहासिक भूमिका निर्वाह गरिसकेका छन् । नेपाली समाज सामन्ती निरंकुशताको अवस्थाबाट पुँजीवादी लोकतन्त्रको अवस्थामा रूपान्तरित भइसकेको छ । हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागू भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्छन् र बनाउनुपर्छ । तर कार्य क्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ । अब हिजोका कुनै पनि कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्र गति तिर लान सकिँदैन । हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।’ 

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  २ : ५२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा