विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री  « Khabarhub

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । 

नेकपामा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । 

उनले प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको र भोलिसम्म सदनको अवरोध हट्ने बताए  । 

यता यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । 

उनले भने, ‘विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन ।’ 

यसैबीच सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए । 

‘सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने  र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ,’  प्रधानमन्त्री प्रचण्डले भने, ‘बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेट बोक्नै पर्छ ।’ 

उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनुपर्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले नेकपामाओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरेका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ३ : ०० बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ