बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी  « Khabarhub

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । 

उनीहरूले कांग्रेसले राखेका विभिन्न प्रस्तावका बुँदाहरूमा छलफल गरिरहेको बालुवाटार स्रोतको भनाइ छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । 

यसका लागि कांग्रेसले विभिन्न बुँदाहरुमा प्रस्ताव गरेको छ । यता नेपाली कांग्रेस भने बालुवाटार बैठक पछिको निर्णय कुरिरहेको छ । 

प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् । 

आजको बैठक केही लामो हुनसक्ने बालुवाटार स्रोतको भनाइ छ । शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । 

प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ । तर रवि लामिछाने व्यक्तिकै नाममा संसदीय छानबिन समिति बनाउनुपर्नेमा कांग्रेसको मागमा  एमाले र रास्वपा तयार छैनन् ।

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ५ : १९ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने