समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली « Khabarhub

समयमै काम नसक्ने ठेकेदारमाथि कारवाही, १ करोड २२ लाख जरिवाना असुली


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख रुपैयाँ जरिवाना असुली गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो ।

आयोजना प्रमुख अभिमनदास मुल्मीकाअनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् ।

कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट रु ५९ लाख ६९ हजार, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट रु ५४ लाख ५३ हजार, इलाइट कन्स्ट्रक्सनबाट रु सात लाख ७३ हजार, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट रु एक लाख ७५ हजार तथा एरिमा कन्स्ट्रक्सनबाट रु एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिए ।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दैआएको छ । सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क

रविका मुद्दा फिर्ताविरुद्धको रिटको छिनोफानो अब पूर्ण इजलासबाट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

गुल्मीको भार्सेमा कम्प्युटर प्रयोगशाला स्थापना

गुल्मी– गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित