दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी | Khabarhub Khabarhub

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ ।

सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।

विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका मानबहादुर थापाले बताए ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु २८ करोडमा बोलपत्र आह्वान गरेकामा रु १३ करोड ७१ लाख २९ हजारमा आयोजना निर्माण गरिएको उनले बताए । “आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटर रहेको छ”, उनले भने, “खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन अझै केही समय लाग्नेछ ।”

चुलीमालिका बृहत खानेपानी आयोजना निर्माण भएमा खाँडाचक्र नगरपालिका–१ बाट चारसम्मका एक हजार तीन सय घरमा ‘एक घर एक घारा’को लक्ष्य राखेको नगरपालिकाका पूर्वप्रमुख जसीप्रसाद पाण्डेले बताए ।

सदरमुकाम मान्म बजारमा एक लाख २५ हजार लिटरका दुईवटा, ५० हजार लिटरका दुई, ४० हजार लिटरको एक र २५ हजार लिटरको एक गरी जम्मा छवटा ट्याङ्की रहेका र ती सबैमा पानी झारिने प्रालिका साइट सुपरभाइजर थापाले बताए ।

जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमित रूपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । “अब सदरमुकाममा खानेपानीको अभाव झेल्नुपर्ने अवस्था छैन”, उनले भने “केही समय लाग्ला सबैले खानेपानीको सुबिधा पाउनु हुनेछ ।”

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १० : ४१ बजे

तेलङ्गना राज्यप्रमुखले नेपालीमा मन्तव्य दिँदै भने- ‘ढाकाटोपी लाउने देख्दा परिवारजस्तै लाग्छ’

केही दिन अगाडि काठमाडौंबाट दिल्ली हुँदै भारतको हैदरावाद पुगेँ। नेपालबाट

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा