ठमेलमा खाना तथा हस्तकला मेला « Khabarhub

ठमेलमा खाना तथा हस्तकला मेला


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ्चयकोष अगाडि सडकमा खाना तथा हस्तकला मेला सुरू भएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गरिएको बताउनुभयो । बिहान १० बजेदेखि सुरु भएको मेला राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी स्टल राखिएका छन् ।

मेलामा नेपाली हस्तकलाका सामग्री, नेचुरल फाइवरबाट बनेका सामग्री, गार्मेन्ट, कटन, शिल्क, पश्मिनाका कपडा तथा सल, ज्वेलरी, खाना, पेय पदार्थलगायत राखिएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव ९विमल० धमलाले मेलाबाट नेपाली संस्कृतिको जीवन्त संसार अन्वेषण गर्न सकिने बताए ।

उनले मेलामा ठमेलभित्रका हस्तकला व्यवसायी र होटल तथा रेष्टुरेन्टले स्टल राखेका छन् । मेलाका अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पछिल्लो समय सुरक्षा निकायसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुला गरेको छ । । जसकारण ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक गतिविधिसमेत चलायमान हुँदै गएको धमलाको भनाइ छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १० : ५५ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक