छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह | Khabarhub Khabarhub

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको टीओआरमा कुरा नमिलुञ्जेल संसद् बैठक अघि नबढाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

विपक्षीको यो आग्रहसँगै आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तत्कालका लागि अनिश्चित भएको छ ।
संसदीय समिति गठन नहुँदासम्म संसदका नियमित काम अघि बढ्न नदिने निर्णय विपक्षी दलहरूको बैठकमा भएको जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

संसद् अघि नबढाउन आग्रह गर्दै विपक्षी दलहरूको तर्फबाट शाही सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

‘संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई आग्रह गरेका छौँ,’, शाहीले भने, ‘विपक्षी दलको बैठकको निर्णय हामीले सभामुखलाई जानकारी गराएका छौँ ।’

यता सहकारी ठगीसम्बन्धी कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबार पुगेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २३ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको