छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह « Khabarhub

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको टीओआरमा कुरा नमिलुञ्जेल संसद् बैठक अघि नबढाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

विपक्षीको यो आग्रहसँगै आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तत्कालका लागि अनिश्चित भएको छ ।
संसदीय समिति गठन नहुँदासम्म संसदका नियमित काम अघि बढ्न नदिने निर्णय विपक्षी दलहरूको बैठकमा भएको जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

संसद् अघि नबढाउन आग्रह गर्दै विपक्षी दलहरूको तर्फबाट शाही सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

‘संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई आग्रह गरेका छौँ,’, शाहीले भने, ‘विपक्षी दलको बैठकको निर्णय हामीले सभामुखलाई जानकारी गराएका छौँ ।’

यता सहकारी ठगीसम्बन्धी कार्यदलमा सहमति गर्न सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबार पुगेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्