नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न परराष्ट्रमन्त्रीको आह्वान | Khabarhub Khabarhub

नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न परराष्ट्रमन्त्रीको आह्वान


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) लाई नेपालको आर्थिक समृद्धिका निम्ति सक्दो सहयोग गर्न आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एचसिसीएनको नयाँ डीनमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ चयन भएपछि म‌ंगलबार साँझ राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा भएको एचसिसीएनको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारको ‘समृद्ध नेपाल, खुशी नेपाली’ परिकल्पना साकार तुल्याउन एचसिसीएनका सबै सदस्यको सक्रिय सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा धारणा राख्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।

नेपालको गरिमा अभिवृद्धिमा सक्दो योगदान गर्न आह्वान गर्दै उनले मातृभूमिको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, भौगोलिक अखण्डता र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरे ।

आर्थिक कूटनीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले देश विशेषमा केन्द्रित रहेर रणनीतिक योजना तर्जुमा गरी त्यो कार्यान्वयनको प्रक्रियामा गएको जानकारी पनि दिए ।

कार्यक्रममा नेपालका लागि पोर्चुगलका अवैतनिक दूत राजेन्द्रकुमार खेतान धारणा राख्दै

नेपाललाई आर्थिक उन्नयनको मार्गमा अघि बढाउने पर्यटन, जलस्रोतलगायत क्षेत्रमा लगानी जुटाउने महत्वपूर्ण माध्यमका रुपमा अवैतनिक वाणिज्यदूतहरूले काम गर्न सक्ने भएकाले नेपालको राष्ट्रिय हितको प्रवर्द्धनमा लाग्नुपर्नेमा उनले जोड दिए । साथै उनले एचसिसीएनका समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

डीन श्रेष्ठले नेपालमा लगानीका अवसरबारे जानकारी दिन तथा नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरू क्रियाशील रहेको जानकारी दिँदै एचसिसीएनको आजैको बैठकबाट आगामी कात्तिक १६ देखि ३० गतेसम्म काठमाडौँमा विश्वभरका अवैतनिक वाणिज्यदूतहरूको सम्मेलन गर्ने निर्णय भएको बताए ।

कार्यक्रममा धारणा राख्दै नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्यदूत वसन्त चौधरी

भाइस डीन एवं मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले नेपालको सामाजिक–आर्थिक विकासका खातिर बाह्य सहायता जुटाउन तथा आफूहरूलाई नियुक्त गर्ने देशसँको नेपालको सम्बन्धलाई प्रगाढ तुल्याउने कर्तव्यबाट एचसिसीएन कदापि विमुख नहुने प्रण गरे ।

पहिरोपीडितलाई आर्थिक सहयोग

सोही कार्यक्रममा अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) ले गुल्मीका पहिरोपीडितहरूको सहायतार्थ पाँचलाख रुपैयाँ प्रदान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई एचसिसीएनका डीन एवं दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गुल्मीका पहिरो पीडितहरुका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सहयोगार्थ चेक हस्तान्तरण गर्दै अवैतनकि वाणज्यिदूत प्रदीपकुमार श्रेष्ठ

त्यसअवसरमा मन्त्री ज्ञवालीले दैवी विपत्तिमा परेका गुल्मेलीप्रति सहानुभूति र सद्भाव दर्शाउँदै आर्थिक सहयोग गरेकामा एचसिसीएनप्रति आभार प्रकट गरे ।

पहिरोपीडितलाई सघाउनु एचसिसीएनको दायित्व भएको बताउँदै डीन श्रेष्ठले रकम थोरै भए पनि त्यसले अन्य सङ्घसंस्थालाई पनि सहायताका निम्ति प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  १० : ३५ बजे

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल