संसद्‍मा रविले भने : म बहुलाहा होइन « Khabarhub

संसद्‍मा रविले भने : म बहुलाहा होइन


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खेदेको बताएका छन्।

उनले आफूमाथि लागेको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउन तयार रहेको पनि बताएका छन् ।

आफूहरू भर्खर राजनीति सिकिरहेको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका आफ्ना सांसदहरूतर्फ लक्षित गरी कसैलाई नठगेको विश्वास दिलाए।

उनले कांग्रेसलाई सत्ता छाड्नुको पीडाले पोलेका पनि बताएका छन् । उनले वरिष्ठ गायक दीप श्रेष्ठको गीत सम्झिँदै आफूलाई जसले जे भने पनि फरक नपर्ने बताए।

‘वरिष्ठ गायक दीप श्रेष्ठको गीत छ नि, भन्नेहरूले जेसुकै भनुन्, आमा तिनीहरूले जेसुकै भनुन् बहुलाहा होइन’, उनले भने ।

रास्वपा सभापति लामिछाने वाइडबडीदेखि भृकुटीमण्डपसम्म भएका भ्रष्टाचारकाण्डमा मुछिएकाहरू अहिले संसद्मै नारा लगाउँदै बसेको बताए ।

उनले महामन्त्री गगन थापाले बाख्रा पाल्न लिएको अनुदानमा घोटाला भएकोदेखि अरु काण्डबारे पनि चर्चा गरे ।

उता उपसभापति धनराज गुरुङतिर लक्षित गर्दै कूटनीतिक राहदानी दुरुपयोग गरेर मानव तस्करी गरेको कुरा पनि बैठकमा उठाए ।

 

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ४९ बजे

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस

काठमाडौं- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा