गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं « Khabarhub

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् । उनले जवाफका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि सबैभन्दा तिखो कटाक्ष गरेका छन् ।

अब सहकारी ठगलाई मात्रै संसद्‍बाट बाहिर पठाएर नहुने उनले बताए ।

कृषि अनुदानको रकम हिनामिना गर्नेलाई पनि संसद्‍बाट बाहिर पठाउन पर्ने भन्दै उनले गगनमाथि कटाक्ष गरे । उनले कांग्रेस महामन्त्री थापालक्षित गर्दै देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाए ।

‘सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदान हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका पाल्नेलाई पनि बाहिर पठाऊँ । दुई तीन वटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेण्टहरुलाई पनि बाहिर पठाऊँ । देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्,’  लामिछानेले  भने ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ५६ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य