साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा « Khabarhub

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित कथामा फिल्म बन्ने भएको छ । काठमाडौंमा शनिबार उनले एक कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरेका हुन्।

फिल्म घोषणासँगै फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । शीर्षक पनि अडियो नोभेलको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ।

साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडि सार्वजनिक गरेको यस नेबेलको अडियो १ घण्टा ४६ मिनेट लामो छ । यसले ६२ लाख भन्दा भ्युज पाएको छ।

यस चलचित्रलाईलाई शिशिर खातीले निर्देशन भएका छन् । उनको यो डेब्यू निर्देशन हो । यो फिल्म  ‘रंगेली’ फिल्मका निर्माण गरेको कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ले बनाउन लगेको हो । यसको कार्यकारी निर्माता रंगेलीकै निर्देशक अर्जुन सुबेदी हुन् ।

उनले जीवनको एक कालमा भएको प्रेमबारे यो नोभेल तयार पारेको जानकारी दिए । यस फिल्म विसं २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ । कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : २२ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा