गगनमाथि संसद्‍बाटै रविको ‘बदला’ « Khabarhub

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबारको प्रतिनिधि सभामा जवाफ दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध रिटालिएसन (बदला) बोलेका छन् ।

कुनै बेला निकट सम्बन्ध रहेका लामिछानेविरुद्ध नेपाली कांग्रसले अहिले गगनलाई अगाडि सारेको छ ।

उनीहरूको निकट सम्बन्धलाई काठमाडौं-४ को २०७९ को चुनावले पनि पुष्टि गरेको थियो । रास्वापाले काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारी दिँदा काठमाडौं-४ मा खाली राखिदिएर गगनलाई सजिलो बनाइदिएको थियो । जुन विषयमा गगन रविसँग मिलेको भन्दै कांग्रेसमा पनि एजेन्डा बनेको थियो ।

संसद्‍मा आफूविरुद्ध आक्रमक व्यवहार देखाएपछि दुई महिनापछि आइतबार संसद्‍मा बोल्न पाएका रविले गगनसँग बदला लिने कोसिस गरेका हुन् ।

‘जुन ढंगको आलोचना भयो, त्यो कुनै उचाइमा बसेर गरिएको थिएन । अब इतिहास कस्तो रच्ने, संसदीय मर्यादा कस्तो बनाउने भन्ने सदनले तय गर्नुपर्नेछ’, उनले भने, ‘मिडियामै आएका केही समाचारहरूबारे, केही व्यक्तिबारे म यहाँ चर्चा गर्न चाहन्छु ।’

उनले त्यो चर्चाको केन्द्रबिन्दु कांग्रेस महामन्त्री थापालाई बनाए । ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको, ३० लाखभन्दा बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो’, उनले गगनतिर लक्षित गर्दै भने, ‘त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर पाँच लाख पेश्की लिएर नबनाएको समाचार आएको थियो ।’

गगनलाई सधैं लखेटिइरहने बाख्रापालन प्रकरणलाई पनि रविले संसद्‌ फेरि उधिने ।

‘व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट सुनखानी एकीकृत कृषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौंको गोल्फुटारमा मासुपसल खोलेको, २०६८ सालमा अनुदान लिएको, बन्द गरेका समाचारहरू आएका थिए’, उनले भने, ‘त्यस परियोजनाको रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर अनुदान नलिएको विज्ञप्ति निकाल्न लगाइएको थियो । तर त्यो विज्ञप्तिमा विरोधाभाष रहेको कुरा पनि समाचारमा आएको थियो । यो विषयमा साउथ एसिया चेक नामक संस्थाले फ्याक्ट चेक पनि गरेको थियो, तर अहिले त्यो फ्याक्ट चेक पनि खै कसको प्रभावले हो वेबसाइटबाट गायब पारेका समाचारहरू आएका थिए । मिडियामा सुन्नेगरी, हेर्नेगरी बोल्ने गरी समाचार आएका थिए ।’

उनले बीपी प्रतिष्ठानको उपकुलपति बनाउने नाममा राजकुमार रौनियारबाट १४ करोड लिएको कुरापनि समाचारमा आएको प्रसंग झिके ।

‘स्वास्थ्यमन्त्री भएका बेला १४ करोड लिएर कसैले राजकुमार रौनियारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा उपकुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै आएका दाबीहरू समाचारमा प्रशस्त आएका थिए’, उनले भने, ‘हामीले समितिहरू माग गरिरहँदा समाचारमा आएका यस्ता विषयहरूलाई पनि आगामी दिनमा समिति बनाउने विषय बनाउने हो कि होइन ? यो सदनले सुरु गरोस्, म बाटै शुरू गरोस्, म तयार छु ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : १९ बजे

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति