वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो « Khabarhub

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ । एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।

एकएक अंक बाँडेपछि शीर्ष स्थानको कोलकाता २० अंकसहित शीर्ष स्थानमै कायम रह्यो भने राजस्थान तेस्रो स्थानमा झरेको छ ।

समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रनरेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।

अब पहिलो क्वालिफायरमा कोलकाता र हैदरावादबिच मंगलबार प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा राजस्थान र रोयल्स च्यालेन्जर्स बैंग्लोरुबिच बुधबार प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी टिम सिधै फाइनल पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरमा विजयी टिमले दोस्रो क्वालिफायर खेल्नेछन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ०६ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको