किवी खानुका फाइदै फाइदा | Khabarhub Khabarhub

किवी खानुका फाइदै फाइदा


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

किवीबारे धेरै मानिसहरु जानकार भए पनि यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् । यो फल खाँदा मानव स्वास्थ्यमा पुग्ने फाइदा यी हुन्–

शरीरको घाउँलाई निर्मुल पार्छ

किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ

किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहं भूमिका निर्वाह गर्छ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।

जोर्नी दुख्ने समस्या निको पार्छ
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।

कब्जियत हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।

  • किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्छ ।
  • किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।
  • किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।
  • एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।
  • किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।
  • किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ ।
  • यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ ।
  • किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : १५ बजे

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज– आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, देउवाको कुर्सी खाली राखियो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। असोज २८

कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार

काठमाडौं– क्यानाडाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा बिहीबार अज्ञात समूहद्वारा

जेन-जी आन्दोलन प्रभाव : ऋण प्रवाह कमजोर, मुद्दतीको ब्याजदर थप घट्यो

काठमाडौ– भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको आन्दोलनको प्रभाव