जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने « Khabarhub

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् ।

गत फागुन २१ गते कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी गठबन्धन बनेपछि प्रतिपक्षमा बस्दै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने विश्वासको मत दिन लागेको हो । संघीय संसदमा जनमत पार्टीका ६ जना सांसद छन् ।

यसअघि जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेपछि जनमत विपक्षमा बसेको थियो । अहिले जसपा सरकारबाट बाहिरिएपछि जनमतले सरकारलाई समर्थन गर्ने भएको हो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : ३० बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र