इरानी राष्ट्रपतिको मृत्यु, अब कसले सम्हाल्छ जिम्मेवारी ? | Khabarhub Khabarhub

इरानी राष्ट्रपतिको मृत्यु, अब कसले सम्हाल्छ जिम्मेवारी ?


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि धेरैजसोमा अब के हुन्छ भन्ने कौतुहलता बढेको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका थिए । इरानको संविधानमा राष्ट्रपतिको मृत्यु भएमा कमान्ड कसले लिने भन्ने व्यवस्था छ ।

इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति नै राष्ट्रपति बन्ने व्यवस्था छ ।

इब्राहिम रायसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् ।

मोहम्मद मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछन् । संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । तर यसका लागि सर्वोच्च नेता खामेनीको स्वीकृतिको आवश्यकता हुन्छ ।

इब्राहिम राइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ ।

पछिल्लो निर्वाचनमा इब्राहिम राईसीले खासै चुनौती सामना गर्नु परेन र ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ३ : २१ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि