बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय « Khabarhub

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको राजस्थान राज्यस्थित भिलवाडा जिल्लाको कोटडीमा एकजना नाबालिगमाथि भएको सामूहिक बलात्कार प्रकरणका दुईजनालाई फासीको सजाय भएको छ ।

नाबालिगलाई सामूहिक बलात्कारपछि जिँदै इँटाभट्टामा हालेर जलाएको प्रकरणमा संलग्न ९ जनामध्ये २ जनालाई अदालतले सोमबार फासीको सजाय सुनाएको हो ।

भीलवाडाो पोक्सो अदालत-२ ले दोषीलाई फासीको सजाय सुनाएहो ।

२ अगस्ट २०२३ को यस घटनापछी पुलिसले अनुसन्धान अघि बढाएर ९ जनालाई गिरफ्तार गरेको थियो ।

अदालतले यही शनिबार सात अभियुक्तलाई रिहा गर्दै कालु र कान्हालाई दोषी ठहर गरेको हो ।

सफाइ दिइएका सात अभियुक्तमध्ये दोषी कालु र कान्हाकी पत्नी, आमा र बहिनी छन् ।

दुवै दोषीलाई फासीको सजाय सुनाइएपछि मृतक नाबालिगकी आमाले अदालतबाहिर सञ्चारमाध्यमलाई भनिन्, ‘अब हामीलाई न्याय मिलेको छ ।’

दोषीलाई सजाय मिलेपछि पूर्व मुख्यमन्त्री अशोक गहलोतले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अगस्ट २०२३ मा भिलवाडाको कोटडीमा बालिकामाथि बलात्कार र हत्याको मामिलामा अदालतबाट दोषीलाई मृत्युदण्डको सजाय सुनाइनु स्वागतयोग्य छ ।’

करिब एक महिनामै यस केसको मुद्दाको फाइल तयार गरिएको थियो । अब करिब १० महिनापछि यस प्रकरणका दुईजना दोषीलाई फासीको सजाय सुनाइएको हो ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ०७ बजे

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक