बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ « Khabarhub

बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन्  । 

प्रदेशसभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ । उक्त विषयगत समितिअन्तर्गत पर्ने प्रदेश मामिला समितिको सभापतिमा छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिको सभापतिमा श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा ठाकुरप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी, अर्थ तथा विकास समितिको सभापतिमा नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्मा पनि निर्विरोध निर्वाचित भए।

प्रदेशसभाको पहिलो कार्यकालअन्तर्गत विषयगत पाँच समिति रहेकामा हाल सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेशसभाको बैठकले स्वीकृत प्रदान गरेको थियो । 

प्रदेशसभाको बैठकले स्वीकृति प्रदान गरेअनुसार विशेषाधिकार समितिले पनि स्थायित्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक मधुसूदन पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : २० बजे

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘अर्न ह्वाइल यू

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर