जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज « Khabarhub

जसपा नेपाल फुटविरुद्ध रिटको पेसी आज


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी आजका लागि तोकिएको छ ।

यसअघि जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

शर्माको इजलासले जसपा फुटपछि नयाँ दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै जेठ ८ गते छलफलका लागि बोलाएको थियो ।

अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस्तै, जनता समाजवादी पार्टीमा समाहित भएका सात सांसदहरुलाई पनि विपक्षी बनाइएको छ ।

गत वैशाख २३ गते जसपा नेपालबाट फुटेर राई पक्षले पार्टी विभाजन गरेपछि निर्वाचन आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ७ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र