कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमजोरी गरेको तथ्य भेटिएको छैन « Khabarhub

कानुनमन्त्रीको जवाफ : रवि लामिछानेले सहकारी प्रकरणमा कमजोरी गरेको तथ्य भेटिएको छैन


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहकारी ठगी प्रकरणमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ठोस प्रमाण नभेटिएको बताएका छन् ।

सहकारी ठगीबारे बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि गिरीले यस्तो बताएका हुन् ।

‘हामीले बैठकमा सहकारीको रकम अपचलनबारे उपप्रधान तथा गृहमन्त्री लामिछानेको नामबारे पनि कुरा गर्‍यौँ । तर उहाँले सहकारी प्रकरणमा कमजोरी गरेको हो भन्ने तथ्य जुन हिसाबमा आउनुपर्ने हो, आइसकेको छैन’, उनले भने, ‘छानबिनपछि मात्रै कसैलाई दोषी करार गरिनु उचित हुन्छ । छानबिन नभइ कसैलाई दोष लगाउनु हुँदैन। ’

गिरीले यदि लामिछानेले अपचलन गरेको पुष्टि भए, प्रमाण भेटिए कारबाही हुने पनि बताए । ‘कसैले कमजोरी गरेको, आर्थिक हिनामिना गरेको भए, अपचलन गरेको भने कारबाही हुनुपर्छ’, उनले भने, ‘तर पहिले नै हतार गरेर निष्कर्ष निकाल्नु गलत हुन्छ । गृहमन्त्रीको नाम जोडिएका सूर्यदर्शन लगायत सहकारी नाम लेखेर जान कुनै आपत्ति छैन । कसैको कमीकमजोरी देखिन्छ भने कारबाही हुन्छ ।’

तर गिरीले गृहमन्त्रीले अपचलनमा संलग्न भएको आरोपका आधारमा उनको नाममा छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा गलत भएको बताए ।

‘सहकारी ठगीमा संलग्नलाई कारबाहीका लागि सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘छानबिन समिति बनाउने भएपछि संसद्‍ अवरोध गरिरहनु उचित हुँदैन भनेर हामीले भनिसकेका छौँ ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : २१ बजे

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा