कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति « Khabarhub

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी खबरहबलाई दिएका छन् ।

‘अदालतको इजलास नम्बर २ बाट कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न आदेश जारी भएको छ’, घिमिरेले खबरहबलाई भने, ‘नागरिक प्रकरणमा २ नम्बर इजालसबाट मंगलबार यस्तो आदेश भएको हो ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।

तर सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए । उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो ।

सिरोहियाले हिमालय रि-इन्स्योरेन्स कम्पनीको शेयर लगन लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजमा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो ।

तर उनैले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६  थियो । जसको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो ।

सिरोहियाले लिएको नम्बरसहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामवालीमा भेटिएको थियो ।

नागरिकता नम्बर टाइप गर्ने बेला गल्ती भएको मान्ने हो भने अर्को नम्बरको प्रश्न उठाइएको छ । कैलाश सिरोहियाले २०३३/३४ मा धनुषा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको नम्बर ३९६९८८८६ रहेको देखिन्छ । उनले उक्त नागरिकताको पहिलो प्रतिलिपि २०५७ मा बनाएका थिए ।

जुन नागरिकता नम्बर सिरोहियाको छ, त्यही नम्बरको नागरिकता धनुषा जिल्ला प्रशासन कार्यालयबाटै शिवजी साहु तेलीका नाममा जारी भएको देखिन्छ । दुवै जनाको मतदाता नामावलीमा उल्लेखित नागरिकता नम्बर पनि एउटै रहेको देखिन्छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : ४० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ