पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने | Khabarhub Khabarhub

पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने

श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा ४५ हजार बनाउनुपर्ने माग


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महँगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो ।

पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरू पेश गरेको जानकारी दिए ।

अध्यक्ष पोखरेलले यस पटक आफूहरूले श्रेणीविहीन कर्मचारीको तलब कम्तीमा पनि ४५ हजार बनाउनुपर्ने माग राखेको धारणा राखे । सोही आधारमा अन्य कर्मचारीको पनि तलब बढ्नुपर्ने उनले बताए ।

समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेका गुनासो गरे ।

साथै, निजामती कर्मचारी अस्पतालमा बहालवाला कर्मचारीहरुले शतप्रतिशत छुटमा उपचार गराउन पाउनुपर्ने युनियनको माग छ ।

आर्मी, प्रहरीको अस्पतालमा सो सुविधा रहेको बताउँदै अध्यक्ष पोखरेलले चेकजाँचदेखि अप्रेसनसम्मका सबै सुविधाहरु निःशुल्क हुनुपर्ने बताए ।

सरकार निजामती कर्मचारीको ग्रेड वृद्धिको विषयमा पनि खुकुलो हुनुपर्ने अध्यक्ष पोखरेलको माग छ ।

अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : ३६ बजे

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले