पोखरा महानगरका ११ वटा वडा कार्यालयबाट कम्प्युटर चोरी गरेर काठमाडौंमा बिक्री « Khabarhub

पोखरा महानगरका ११ वटा वडा कार्यालयबाट कम्प्युटर चोरी गरेर काठमाडौंमा बिक्री


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा कार्यालयबाट कम्प्युटर लगायत सामग्री चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप लगायतका विद्युतीय सामग्री चोरी गर्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ घर पोखरा–१० कालिकाचोकमा डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भइ काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन् ।

उनीहरु विगत केही महिनादेखि पोखरामा भएका चोरीका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं घर भइ पोखरा बस्ने किशोर थापाले वडा कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय सामग्री चोरी गर्ने गर्दथे । किशोरले चोरी गरेका सामग्रीहरु रुपचन्द्र गोपालीले काठमाडौंमा बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

लगातारजसो भइरहेका चोरीका घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले आइतबार (साउन २६) गते किशोर थापालाई शंकाको आधारमा नियन्त्रणमा लिएको थियो । पोखराको शहीद चोकबाट प्रहरी नियन्त्रणमा परेका थापाले वडा कार्यालयहरुमा भइरहेका चोरीका घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

किशोरले पोखरामा चोरी भएका सामग्रीहरु साथीमार्फत काठमाडौंमा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएका थिए । किशोरसँग लिइएको बयानका आधारमा प्रहरीले पोखारामा चोरी भएका कम्प्युटर बिक्री गर्ने स्थानको खोजी शुरु गरेको थियो ।

महानगरीय प्रहरी बृत्त कालिमाटीसँगको समन्वयका आधारमा पोखरामा चोरी भएका सामग्री काठमाडौंमा रहेको कम्प्युटर सोलुसन नामक पसलका सञ्चालक रुपचन्द्र गोपाली पक्राउ परेका हुन् ।

गोपालीले आफ्नो पसलमार्फत पोखरामा चोरी भएका कम्प्युटर बिक्री गर्ने गर्दथे ।

प्रहरीले पक्राउ परेका थापा र गोापालीको साथबाट १७ थान कम्प्युटरको मनिटर, ९ साथ सीपीयु र ३ थाना ल्यापटप बरामद गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ४६ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा