पोखरा महानगरका ११ वटा वडा कार्यालयबाट कम्प्युटर चोरी गरेर काठमाडौंमा बिक्री | Khabarhub Khabarhub

पोखरा महानगरका ११ वटा वडा कार्यालयबाट कम्प्युटर चोरी गरेर काठमाडौंमा बिक्री


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा कार्यालयबाट कम्प्युटर लगायत सामग्री चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप लगायतका विद्युतीय सामग्री चोरी गर्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ घर पोखरा–१० कालिकाचोकमा डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका–१२ घर भइ काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन् ।

उनीहरु विगत केही महिनादेखि पोखरामा भएका चोरीका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं घर भइ पोखरा बस्ने किशोर थापाले वडा कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय सामग्री चोरी गर्ने गर्दथे । किशोरले चोरी गरेका सामग्रीहरु रुपचन्द्र गोपालीले काठमाडौंमा बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

लगातारजसो भइरहेका चोरीका घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले आइतबार (साउन २६) गते किशोर थापालाई शंकाको आधारमा नियन्त्रणमा लिएको थियो । पोखराको शहीद चोकबाट प्रहरी नियन्त्रणमा परेका थापाले वडा कार्यालयहरुमा भइरहेका चोरीका घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

किशोरले पोखरामा चोरी भएका सामग्रीहरु साथीमार्फत काठमाडौंमा बिक्री गर्ने गरेको प्रहरीलाई बयान दिएका थिए । किशोरसँग लिइएको बयानका आधारमा प्रहरीले पोखारामा चोरी भएका कम्प्युटर बिक्री गर्ने स्थानको खोजी शुरु गरेको थियो ।

महानगरीय प्रहरी बृत्त कालिमाटीसँगको समन्वयका आधारमा पोखरामा चोरी भएका सामग्री काठमाडौंमा रहेको कम्प्युटर सोलुसन नामक पसलका सञ्चालक रुपचन्द्र गोपाली पक्राउ परेका हुन् ।

गोपालीले आफ्नो पसलमार्फत पोखरामा चोरी भएका कम्प्युटर बिक्री गर्ने गर्दथे ।

प्रहरीले पक्राउ परेका थापा र गोापालीको साथबाट १७ थान कम्प्युटरको मनिटर, ९ साथ सीपीयु र ३ थाना ल्यापटप बरामद गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ४६ बजे

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक