रकेट आक्रमणपछि मणिपुर आतंकित, विद्यालयहरू बन्द  | Khabarhub Khabarhub

रकेट आक्रमणपछि मणिपुर आतंकित, विद्यालयहरू बन्द 


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र  इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ  । 

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने  स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपछि जबाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ । 

मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । 

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  २ : ३१ बजे

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको