नेपालले मलेसियाको सुपर लिग च्याम्पियनसँग मैत्रिपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले मलेसियाको सुपर लिग च्याम्पियनसँग मैत्रिपूर्ण खेल खेल्ने


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसिया सुपर लिग च्याम्पियन जोहोर दरुल जिम एफसीसँग खेल्ने पक्का भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटको अभ्यासमा रहेको नेपाली पुरुष टोलीले मलेसियामा मैत्रिपूर्ण खेल खेल्ने जनाएको हो ।

खेल मलेसियाको पसार गुदाङ रंगशालामा अगस्ट २६ मा हुने जनाएको छ ।

विश्वकप छनोटको एसिया दोस्रो चरणको खेल भन्दा १० दिन अगाडिमात्रै नेपाली टोलीले मलेसियाको लिग च्याम्पियनसँग खेल्दा नेपाली टोलीलाई कुवेतविरुद्ध सहज हुने बताइएको छ । सेप्टेम्बर ५ मा नेपाली टोलीले कुवेतसँग विश्वकप छनोटको पहिलो खेल कुवेतको घरेलु मैदानमा खेल्दैछ ।

‘मैत्रिपूर्ण खेल खेल्न पाउँदा खुसी लागेको छ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले भने,‘हामी जोहोर दरुल जिम एफसीसँग खेल्न तयार छौं । विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ ।’

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी