हट्यो टिकटक प्रतिबन्ध, क्याबिनेटको निर्णय कार्यान्वयन गर्न निर्देशन | Khabarhub Khabarhub

हट्यो टिकटक प्रतिबन्ध, क्याबिनेटको निर्णय कार्यान्वयन गर्न निर्देशन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा टिकटक माथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन नेपालका सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

सरकारले सामाजिक सद्‍भाव खल्बल्याएको लगायत कारण देखाउँदै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । विश्वभर लोकप्रिय सो एप बनाएको चीनले नेपाललाई प्रतिबन्ध हटाउन तारन्तार आग्रह गरिरहेको थियो ।

प्रयोगकर्ता समेतको दबाब खेपिरहेको सरकारले अन्ततः गएको भदौ ६ गते मन्त्रिपरिषद्‌ बैठकबाट टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‌को सो निर्णय कार्यान्वयन गर्नेगरी दूरसञ्‍चार नियामक प्राधिकरणले आज (शुक्रबार) अत्यन्त जरुरी सूचना जारी गर्दै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

दूरसञ्‍चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी टिकटक माथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

मन्त्रिपरिषद्‌ले प्रयोगमा लगाएको रोक हटाउने निर्णय गर्नासाथ कतिपय इन्टरनेट सर्भिस प्रोभाइडर (आइपीएस) हरूले टिकटक चलाउन दिएका थिए । तर, नेपाल टेलिकम लगायत केही दूरसञ्‍चार कम्पनीहरूले भने प्रतिबन्ध कायमै राखेका थिए ।

सरकारले प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताहरूले भने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को सहायताले टिकटक चलाइरहेका थिए ।

प्राधिकरणबाट जारी सूचनाः

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ३ : १९ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार