मेस्सीसँगको तुलनाबारे रोनाल्डोको जवाफ– म शीर्ष गोलकर्ता हुँ « Khabarhub

मेस्सीसँगको तुलनाबारे रोनाल्डोको जवाफ– म शीर्ष गोलकर्ता हुँ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२१ औं शताब्दीको विश्व फुटबल दुई स्टार खेलाडीको वरिपरि घुमिरहेको छ । यी दुई खेलाडीभन्दा बाहिर गए नयाँ पुस्ताले स्थान पाउनेछ । ती हुन्, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डो ।

पछिल्लो १५ बर्ष यी दुई खेलाडीबीच को उत्कृष्ट भन्ने चर्चा सधैं चलिरह्यो । दुवै स्टार खेलाडीले सायद सँगै बसेर कहिल्यै आफ्नो तुलाना गरेनन् । तर, यीनका प्रशंसकले सधैं एकलाई राम्रो, अर्कोलाई नराम्रो भन्नमै समय खर्च गरिरहे ।

कहिले काहिँ सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई २ जनामध्ये को उत्कृष्ट भनेर प्रश्न गरेभने दुवै जना आफूहरुको योगदानमा क्लबले पाएको सफलता र व्यक्तिगत सफलतालाई देखाउने गर्छन् ।

यदि सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई एकै खाले प्रश्न साेधे भने रोनाल्डोकाे जवाफ सिधा हुन्छ भने मेस्सीले ‘डिप्लोम्याटिक’ जवाफ दिन्छन् ।

हालै एउटा अन्तर्वार्तामा रोनाल्डोले दिएको जवाफ अहिले चर्चामा छ । अन्तर्वार्तामा रोनाल्डोलाई मेस्सीसँग तुलना गरेर प्रश्न सोधिएको थियो । जसको जवाफमा आफू मेस्सीभन्दा कसरी फरक छु भनेर स्पष्ट पार्न खोजेका छन् ।

‘म र मेस्सीबीचको फरक त्यही हो, मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु । म च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म उच्च गोलकर्ता पनि हुँ । त्यहाँ धेरै खेलाडी छन्, जसले ५ पटक च्याम्पियन्स लिग जीतेका छन् । त्यसैले यो च्याम्पियन्स लिगमा आफ्नो पहिचान बनाउन सफल भएको छु,’ रोनाल्डोले मेस्सीसँग तुलना गरिएको सवालका जवाफमा भने ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन् । उनले बालन डि ओर जीतेका कारणमात्रै सम्झिनु पर्ने होइन उनको खेलमाथिको सुधारलाई लिएर पनि हो । मेरो जस्तै, वर्षैपिच्छे ।’

३४ वर्षीय रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, ला लिगको रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका छन् भने गएको वर्ष रोनाल्डो इटालीयन क्लब युभेन्ट्स पुगेका छन् । रोनाल्डोले युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जीत्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।

रोनाल्डोले आफू फरक रहेको बताउँदा मेस्सीको प्रतित्रिक्रया भने आइसकेको छैन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ३ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी