बुद्धका उपदेशलाई मन, वचन र कर्मले पालना गरौँ : देउवा « Khabarhub

बुद्धका उपदेशलाई मन, वचन र कर्मले पालना गरौँ : देउवा


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नहुने बताएका छन् ।

आज २५६८औँ बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नुपर्ने बताए ।

उनले विश्वमा फैलिएको अशान्ति, हत्या र हिंसाको सबैले विरोध गर्नुपर्ने उल्लेख गर्दै देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको उल्लेख गर्दै मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक रहेकोमा जोड दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : ४९ बजे

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले

‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा