बृहत् राष्ट्रिय एकतामा अग्रसर हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान « Khabarhub

बृहत् राष्ट्रिय एकतामा अग्रसर हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेकी छिन् ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताएकी छिन् । साथै उनले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गरेकी छिन् ।

‘गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ’, शुभकामना सन्देशमा भनिएको छ ।

नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिएको शिक्षा र प्रतिपादन गरेको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसङ्घले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उनले सन्देशमा स्मरण गरेकी छिन् ।

विश्वका विभिन्न भू–भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी रहेको भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गरेकी छिन् ।

साथै उनले गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : २२ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका