चराको प्वाँख २८ हजार डलरमा बिक्री « Khabarhub

चराको प्वाँख २८ हजार डलरमा बिक्री


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डमा लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ ।

लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड तोडेको बताएको छ ।

यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो ।

न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए ।

यो चराको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो। सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ९ : २५ बजे

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड