उपेन्द्रको चिन्ता : संसदीय व्यवस्था असफल भएर देश तानाशाहीतर्फ जान लाग्यो « Khabarhub

उपेन्द्रको चिन्ता : संसदीय व्यवस्था असफल भएर देश तानाशाहीतर्फ जान लाग्यो


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।

जसपा नेपाल मोरङ क्षेत्र नम्बर ५ महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले त सरकारको काम सरकार चलाउने र कसरी जोगाउने भन्ने मात्रै भयो । जब मुलुकमा राजनीतिक अस्थिरता हुन्छ तब विकास पनि अवरुद्ध हुन्छ’, उनले भने, ‘अहिले त संसदीय व्यवस्था नै असफल भइसकेको छ। अब हामी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी अधिकारसहितको राष्ट्रपति प्रणालीमा जानुपर्छ ।’

उनले अब जनताबाट निर्वाचित समावेशी र समानुपातिक प्रणालीको संसदीय अभ्यासमा आवश्यक रहेको पनि बताएका छन् । यादवले संसद्‍ सरकार बनाउने परिपाटीबाट अघि बढे मात्रै देशले गति लिने बताएका छन् ।

यादवले नेपालको लोकतन्त्र नै सकिएर स्वेच्छारी तानाशाहीको हातमा मुलुक जाने हो कि भन्ने चिन्ता हुन थालेको पनि बताएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ४ : ११ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर