सरकारलाई विश्वप्रकाशको चुनौती : कांग्रेसका दाजुभाउजूसहित सबै नेताको नाम लेखेर छानबिन गरे हुन्छ « Khabarhub

सरकारलाई विश्वप्रकाशको चुनौती : कांग्रेसका दाजुभाउजूसहित सबै नेताको नाम लेखेर छानबिन गरे हुन्छ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले घुमाउरो रूपमा स्वीकारोक्ति गरिसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसद्‍मा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफूमाथिको आरोपको पनि घुमाउरो भाषामा स्वीकारोक्ति प्रकट गरेको बताए ।

कांग्रेसको सांसद, सभापति, दाजुभाउजू, मामामाइजू, नातागोता, महामन्त्री, सहमहामन्त्री र सबै नेतामाथि नामै लेखेर छानबिन गर्न उनले चुनौती पनि दिए ।

उनले आफूहरूको छानबिनका लागि जात, गोत्र र तीन पुस्ते सबै लेख्दा पनि फरक नपर्ने बताए । यदि आफूले भ्रष्टाचार गरेको ठहरिए आफैं जेल जाने बताउँदै उनले कोही पनि सती जानुनपर्ने बताएका छन् ।

शर्माले जोमाथि छानबिन भएर दोषी देखिन्छ, उही जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे ।

लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानबिन समितिले निकाल्ने निष्कर्षलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।

शर्माले संसदीय छानबिन समिति गठनमा सत्तापक्षले सबैलाई एकमुष्ट छानबिन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए। उ

उनले विदेशीलाई सूचना बेच्ने भनेर गृहमन्त्रीले कांग्रेस नेताहरूलाई आरोप लगाउँदै दिएको अभिव्यक्तलाई संसद्‍को रेकर्डबाट हटाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : १७ बजे

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली