सरकारलाई विश्वप्रकाशको चुनौती : कांग्रेसका दाजुभाउजूसहित सबै नेताको नाम लेखेर छानबिन गरे हुन्छ « Khabarhub

सरकारलाई विश्वप्रकाशको चुनौती : कांग्रेसका दाजुभाउजूसहित सबै नेताको नाम लेखेर छानबिन गरे हुन्छ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले घुमाउरो रूपमा स्वीकारोक्ति गरिसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसद्‍मा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफूमाथिको आरोपको पनि घुमाउरो भाषामा स्वीकारोक्ति प्रकट गरेको बताए ।

कांग्रेसको सांसद, सभापति, दाजुभाउजू, मामामाइजू, नातागोता, महामन्त्री, सहमहामन्त्री र सबै नेतामाथि नामै लेखेर छानबिन गर्न उनले चुनौती पनि दिए ।

उनले आफूहरूको छानबिनका लागि जात, गोत्र र तीन पुस्ते सबै लेख्दा पनि फरक नपर्ने बताए । यदि आफूले भ्रष्टाचार गरेको ठहरिए आफैं जेल जाने बताउँदै उनले कोही पनि सती जानुनपर्ने बताएका छन् ।

शर्माले जोमाथि छानबिन भएर दोषी देखिन्छ, उही जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे ।

लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानबिन समितिले निकाल्ने निष्कर्षलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।

शर्माले संसदीय छानबिन समिति गठनमा सत्तापक्षले सबैलाई एकमुष्ट छानबिन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए। उ

उनले विदेशीलाई सूचना बेच्ने भनेर गृहमन्त्रीले कांग्रेस नेताहरूलाई आरोप लगाउँदै दिएको अभिव्यक्तलाई संसद्‍को रेकर्डबाट हटाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : १७ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ