‘जाइरा’ लाई भाइरल बाबाको भर? « Khabarhub

‘जाइरा’ लाई भाइरल बाबाको भर?


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही स्टारर फिल्म ‘जाइरा’ रिलिजको क्रममा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम खुलेर फिल्मको प्रचारमा उत्रिएको छ ।

यसैबीच चलचित्र ‘जाइरा’ टिमले प्रचारका लागि अर्को पनि उपाय अपनाएको छ । तर यो उपायलाई दर्शकले ट्रोल बनाइदिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनाइएका अघोरी बाबालाई चलचित्रको रिभ्यु गर्न लगाइएको छ । एक भिडियोमा भाइरल बनाइएका ती बाबाले जाइराको विज्ञापन गर्ने उद्देश्यले फिल्मको प्रचार गरिरहेका छन् ।

यसलाई कतिपयले त सामान्य रुपमा लिएका छन् तर कतिपयले भने नेपाली फिल्मको विज्ञापन गर्न पनि अब भाइरल विषयवस्तु खोज्नुपर्ने अवस्था आएको हो? भन्दै मजाक बनाएका छन् ।

त्यसो त स्टारकास्टका हिसाबले पनि यो फिल्म चर्चामा रहेको फिल्म हो । यता बाबालाई पनि मिडियाका माध्यमबाट फिल्मको प्रचार गर्न लगाइएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा एक प्रयोगकर्ताले लेखेका छन्, पढ्न छोडेर बाबा बन्नुपर्छ कि क्या हो ? त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो त इरिटेट बनाउने खालको प्रचार तरिका भयो ।’

जे होस्, बाबालाई प्रयोग गरेर फिल्म टिमले भने राम्रै प्रचार गर्न खोजेको छ । भदौ ६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई आषुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ०४ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी