तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने « Khabarhub

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आइपीभी खोप लगाइने भएको छ ।

तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो । 

  

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ०९ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी