कौशी खेती गरे फाइदै–फाइदा, यसरी गर्नुहोस् « Khabarhub

कौशी खेती गरे फाइदै–फाइदा, यसरी गर्नुहोस्


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी क्षेत्रमा फोहोर अत्याधिक मात्रामा उत्सर्जन हुने गर्छ । दैनिक रुपमा फोहोर संकलन गर्ने गाडी नआउँदा धेरैले घरको फोहोरलाई सडकमा लगेर फ्ँयाक्ने गरको पाइन्छ ।

कतिपयले घरमै बाध्यताले बोरामा खाँदेर पनि राख्छन् । यस्तो बेलामा ती फोहोरलाई सदुपयोग गरी घरमा तरकारी खेती लगाउन सकेमा राम्रो ताजा र सफा तराकारी खाना पाइन्छ ।

शहरमा तरकारी खेती गर्नका लागि जग्गा जमिन नै आवश्यक पर्छ भन्ने हुँदैन । इच्छा र जाँगर भएमा घरका कौशीमा पनि तरकारी फलाउन सकिन्छ । जसलाई कौशी खेती पनि भनिन्छ ।

कसरी गर्ने कौशी खेती

पछिल्ला केही समययता शहरका घरका कौशीमा पनि हरियाली देखिन थालेका छन् । उनीहरु फूल तथा तरकारी रोपेर ताजा तरकारी सेवन गरिरहेका पनि छन् ।

सामान्यतया कौशीमा तरकारी खेती लगाउँदा यस्ता कुराहरुमा ध्यान दिनुपर्छ :

बाल्टीन, बोरा, थोक्रा जर्किन तयार पार्ने ।

मलिलो कालो माटो ल्याउने र त्यसलाई भाँडामा राख्ने ।

घरमा विशेषगरी भान्साबाट निस्कने फोहोरलाई (लसुन, अदुवा, आलुका बोक्रा, सागपात) संकलन गरेर छुटटै बाल्टिनमा राख्ने ।

त्यही फोहोरलाई कुहाएर कम्पोष्ट मल तयार पार्ने ।

कौशीमा के–के तरकारी लगाउन सकिन्छ ?

घरको कौशीमा तरकारी लगाउँदा विशेषगरी फर्सी, लौका, खुर्सानी, सिमी, घिरौला आदि लगाउन सकिन्छ । कतिपयले ठाउँ उपलब्ध भएसम्म कौशीमै पनि गोलभेँडा, काउली, बन्दा लगायतका तरकारी उब्जाउने गरेका छन् ।

यस्ता छन् कौशी खेतीका फाइदाहरु :

परिवारको इच्छाअनुसार स्वच्छ एवंम ताजा तरकारी तथा फलफूल आपूर्ति हुन्छ ।

दैनिक रुपमा तरकारी तथा फलफूल किन्नको लागि पैसा तथा समयको बचत हुन्छ ।

दैनिक भन्सामा निस्कने कुहिने फोहोरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौशी तरकारी खेतीबाट शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन हुन्छ ।

शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : १७ बजे

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

स्थानान्तरणबाट छुटेका सुकुम्वासीलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं– शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रवर्द्धनको प्रतीक्षामा सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत