पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्बम ‘नबुझिएको जिन्दगी’ लोकार्पण « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्बम ‘नबुझिएको जिन्दगी’ लोकार्पण


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ ।

ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन् । सो एल्मबमा जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् ।

ती गीतहरुमा गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर रहेको छ । त्यस्तै, महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको छ ।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटा गरेका थिए । कार्यक्रममा न्याय र राजनीति क्षेत्रका विशष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

लोकार्पण समारोहमा गायक आनन्द कार्कीले सांगीतक प्रस्तुति समेत दिएका थिए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको यो दोस्रो एल्बम हो । यसअघि उनले ‘जिन्दगी तरेली’ नामक गीत एल्बम ल्याएका थिए ।

 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ९ : ४४ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको