अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको प्रतिक्रिया  कस्तो छ ? « Khabarhub

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको प्रतिक्रिया  कस्तो छ ?


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् र अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् ।

तर, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।

इजरायली ट्यांकहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन् । इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने प्रधानन्यायाधीश लेबनानी भएको आरोप लगाएका छन् ।

आईसीजेले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो । आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो ।

आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र यसले प्यालेस्टाइनका लागि खतरा रहेको बताएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यो आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी गाजा सहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारबाही इजरायलले बन्द नगरेको बताएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  १ : २७ बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन