दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान « Khabarhub

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २५ औ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दायित्व वाङ्मय विशिष्ट सम्मान रमेशचन्द्र देवकोटा र डीआर पोखरेललाई प्रदान गरिएको हो ।

यस्तै दायित्व वाङ्मय सम्मान अमर कुमार प्रधान र बासुदेव गुरागाईँलाई प्रदान गरिएको छ भने विद्धच्छिरोमणि हेमराज पुरस्कार प्रा दिनेशजारज पन्तलाई प्रदान गरिएको छ । त्यसैगरि दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार सिर्जनशील अपाङ् विधालयलाई प्रदान गरिएको छ ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले समाज प्रगतिशील रहेकाले सृजनाहरूलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा हरिकला गुणाकर दायित्व रचना पुरस्कार विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त स्रष्टा पुरस्कार रामेश्वरी पन्त र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार सृृष्टि केसीलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ५ : ३१ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि